चितवन, साउन ५ - जनक उच्च मावि गैँडाकोटका प्राचार्य मुकुन्द काफ्लेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ ।आफ्नै घरको छतबाट लडेर गम्भीर घाइते भएका काफ्लेको उपचारका क्रममा सोमबार निधन भएको उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष कमल पराजुलीले जानकारी दिनुभयो ।
विसं २०४६ देखि उहाँ शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो । यही साउन ३ गते राति उहाँ घरको छतबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । काफ्ले कसरी छतबाट लड्नु भएको भन्नेबारेमा भने खुलेको छैन ।

Post a Comment

 
Top