विराटनगर, साउन ५ – मोरङका महिलाले नयाँ संविधानमा महिलाले विवाह नगरे पनि बच्चा पाउने अधिकार स्थापित गर्नुपर्ने माग गरेका छन् ।

संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका लागि मोरङको क्षेत्र नम्बर ९ मा भएको कार्यक्रममा सहभागी महिलाहरुले टेस्टट्युव बेबी तथा अविवाहित अवस्थामा पनि महिलाले बच्चा जन्माएर आमाको नामबाट नागरिकता पाउने व्यवस्था संविधानमा गर्न माग गरेका हुन् ।
महिलको सुझाव संकलनका लागि भने गरिएको सुझाव संकलन कार्यक्रमका सहभागीले विवाह नगरे पनि सन्तान जन्माउन पाउने र सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाउन पाउने व्यवस्था गर्नु पर्ने माग गरेका हुन् ।

Post a Comment

 
Top