काठमाडौं, साउन ५ – भूकम्प अति प्रभावित
सिन्धुपाल्चोक जिल्लामा टाइफाइड र झाडापखालाको नयाँ विरामी देखिन थालेका
छन् । दूषित पानी खाएकाले प्रभावितहरुमा सुरुवा रोगको जोखिम बढेको
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नयाँ विरामी देखिएको सिन्धुपाल्चोकको
बतासे गाविसमा आवश्यक मात्रामा औषधी पठाइसकिएको र आवश्यक परे चिकित्सकको
टोली पठाउने महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा स्थानियबासिन्दाले पानी शुद्धिकरण नगरी पानी खाने
गरेकाले वर्षा लागेपछि सरुवा रोगको जोखिम झन् बढ्दै गएको उहाँको भनाई छ ।
शुद्धिकरण गरेको पानीको स्वाद केहि खल्लो
हुने भएकाले भधेरैले सिधैँ खोला नाला, कुवा र धाराबाट पानी पिउने गरेका छन्
। विरामीहरुको स्थानीय स्वास्थ्यसंस्थामा र सदरमुकाम चौतारामा भैरहेको छ ।
यस्तै प्रभावित क्षेत्रमा खानेपानीको व्यव्स्था गर्न पनि टोली खटाइएको छ ।
भूकम्प अति प्रभावित अरु केहि जिल्लामा
पनि टाइफाइड र झाडापखालाका फाट्फुट्ट बिरामी देखिएका छन् । रोग लाग्न नदिन
खानपानमा विशेष ध्यान दिन डाक्टरले मरासिनीको सुझाव छ ।
Post a Comment