४ साउन, भैरहवा । रुपन्देहीको मर्चवारस्थित सुझाव संकलन केन्द्रमा मधेसवादी दलका कार्यकर्ताहरुले संविधानको प्रारम्भिक मस्यौदा जलाएका छन् ।
सुझाव संकलनको कार्यक्रम भइरहेकाबेला संघिय समाजवादी फोरम नेपालका नेता बसिउद्दिन खाँले कोणसभा गरेपछि कार्यक्रम प्रभावित भएको थियो ।
त्यसलगत्तै तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी (राजेन्द्र महतो) तराई मधेस सदभावना पार्टी, संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले मस्यौदा ‘मधेस विरोधी’ भएको भन्दै सभासदहरुकै अगाडि जलाएका थिए ।
रुपन्देहीको निर्वाचन क्षेत्रनम्बर ६ मर्चवारस्थित आदर्श उच्च मावि मझगावामा सुझाव संकलन केन्द्र तोकिएको छ । निर्वाचन क्षेत्रनम्बर ६ मर्चवारमा १ लाख १० हजार जनसंख्या र ६० हजार मतदाता छन् ।
मधेसी समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा सुझाव संकलन कार्यक्रममा सर्बसाधारणको उपस्थिति अत्यन्तै न्यून थियो । महिलाहरुको उपस्थिति शून्य जस्तै थियो ।
रुपन्देहीको विकट पूर्वी दक्षिण क्षेत्र मर्चवारका अधिकांश बासिन्दाले संविधानको मस्यौदाबारे आफूहरु अनविज्ञ रहेको बताएका छन् ।
मर्चवार क्षेत्रस्थित पिपरहवा ५ का घरहिया चमारले खेतीपातिको काम सम्पन्न भइसकेकाले साथीभाइको लहलहैमा केन्द्रमा घुम्न आएको बताए । त्यस्तै सिलौटिया ८ बडबलियाका रामदेव भरले कार्यक्रममा नेताहरुको भाषण सुन्न आएको बताए

Post a Comment

 
Top