काठमाडौं, साउन ६ -  संविधानको प्रारम्भिक मस्यौदामा नागरिकले दिएका सुझावलाई एकीकृत गर्ने काम सुरु भएको छ । सबै सुझाव एक ठाउँमा राखेर बर्गीकरण गरिने नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ ।
समिति सभापति प्रमिला राणाका अनुसार सहमति, असहमति र नयाँ विषय गरेर सुझावलाई बर्गीकरण गरिनेछ । नागरिकले दिएका सबै सुझाव समेट्नेगरी संविधानसभामा पठाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । समितिलाई भोलिसम्ममा सुझाव समेटेर प्रतिवेदन बुझाउन समय दिइएको छ । तर भोलिसम्म भ्याउन नसकिने भएकाले केही दिन समय थप गर्न आग्रह गरिने राणाले बताउनुभयो । यसबारे समितिले आज संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गर्ने तयारी गरेको छ ।
हिजो र अस्ति देशव्यापी अभियान गरेर सुझाव संकलन गरिएको हो । सबै जिल्ला सदरमुकाम र निर्वाचन क्षेत्रमा भएका प्रत्यक्ष सुझाव संकलन कार्यक्रम तथा संविधानसभा सचिवालयमा फोन र इमेलमार्फत सुझावको ओइरो लागेको छ ।

Post a Comment

 
Top