Janakpur-Tanab
५ साउन, धनुषा । असन्तुष्ट दलहरुको आन्दोलन चर्किएपछि धनुषामा संविधानको मस्यौदाबारे जनमत संकलन अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
सोमबारबाटै तनावग्रस्त बनेको जनकपुर क्षेत्रमा मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ ।
आन्दोलनका कारण सभासदहरु गाउँ गाउँ जाने तथा सर्वसाधारण सुझाव संकलन केन्द्रमा आउनसक्ने अवस्था नरहेपछि सर्वदलीय बैठक बसेर जनमत संकलनको काम स्थगित गर्ने निर्णय गरिएको सभासद रामसिंह यादवले जानकारी दिए ।

Post a Comment

 
Top