काठमाडौं, साउन ६ - नेपाली काँग्रेसका
संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३३ औं स्मृति दिवस आज विभिन्न
कार्यक्रम मनाईदैंछ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशैभर
विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदैछन् ।
विक्रम संवत १९७१ साल भदौमा भारतको
वनारसमा जन्मिएका विपीको २०३९ साल साउन ६ गते अर्थात आजकै दिन निधन भएको
थियो । २०१५ सालमा भएको चुनावमा बहुमत ल्याएपछि उहाँ पहिलो जननिर्वाचित
प्रधानमन्त्री बन्नुभएको थियो । तत्कालिन राजा महेन्द्रले निर्वाचित
सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वासित विपी २०३३ सालमा राष्ट्रिय
मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भयो ।
राजनीतिमा मात्र नभएर उहाँले साहित्यमा
पनि महत्वपूर्ण योगदान दिनुभएको छ । बिपीका सुम्निमा, मोदी आईन, दोषी
चश्मा, जेल जर्नल लगायतका कृतिहरु प्रकाशित छन ।
Post a Comment