५ साउन, बनेपा । संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा     काभ्रेपलाञ्चोक स्थानीयबासीले सबै जनावर एउटै हुन्  भन्ने सुझाव दिएका छन् ।
Bhudha 
काशीखण्ड नगरपालिका भकुण्डेमा भएको ‘नेपालको संविधान, २०७२  प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलनमा अधिकांशले सबै जनावर सबै एउटै हुन् कुनै जनावरप्रति पनि विभेद गर्नुहुँदैन भन्ने सुझाव राखेका छन् ।
उनीहरुले  संधिवानमा बुद्ध जन्मेको देश भनेर राख्नुपर्ने सुझाव दिएका छन् ।
पोखरीनारायणस्थान गाविसका खड्गबहादुर लामाले एकसिङ्गे गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने बताए । मेच्छे गाविसका डिलबहादुर थोकरले राष्ट्रिय जनावरका रूपमा गाईलाई राख्न नहुने बताए ।
बनेपामा रहेको विद्यासागर बोर्डिङ स्कुलका कक्षा ९ र १० का विद्यार्थीले  गाडी चालकका लागि प्रवेशिका उत्तीर्ण भएको योग्यता हुनुपर्ने प्रावधान भए जस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सांसद हुन योग्यता चाहिँदैन र भन्ने प्रश्न गरेका थिए ।

Post a Comment

 
Top