मकवानपुर, साउन ५ – संविधानको प्रारम्भिक मस्यौदामा हिन्दु राष्ट्रको व्यवस्था नभएको भन्दै सुझाव संकलन कार्यक्रममा अवरोध पु¥याउन गएका राप्रपा नेपालका अध्यक्ष कमल थापा घाइते हुनु भएको छ ।

मकवानपुर क्षेत्र नम्बर ३ अन्तर्गत सुझाव संकलनका लागि हेटौंडाको पल्पसा हलमा भएको कार्यक्रममा विरोध गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा सभासद गणेश थापा सहित पुगेको प्रदर्शनकारीको टोलीले हिन्दु राष्ट्र नभएको संविधानको मस्यौदा नमान्ने भन्दै नाराबाजी गरेपछि तनाव सुरु भएको थियो ।
प्रदर्शनकारी मञ्चमा जान खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा सभासद गणेश थापा सहित मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्ट, नगर अध्यक्ष गुरु सापकोटा, केन्द्रीय सदस्य राजाराम बर्तौला, युवक संगठनका केन्द्रीय सदस्य अभिषेक थापा सहित ११ जना घाइते भएको राप्रपा नेपालले जनाएको छ ।
झडपमा परी घाइते भएका अध्यक्ष कमल थापा र सभासद गणेश थापाको टाउकोमा चोट लागेको छ । उहाँहरु सामान्य उपचारपछि फेरि प्रदर्शनमा जुट्नु भएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको भएपनि प्रहरीले बल प्रयोग गरेको राप्रपा नेपालले आरोप लगाएको छ ।

Post a Comment

 
Top