अनिश गैरे, वामी गुल्मी ।।

असोज १ गते ।।
आज एक कार्यक्रमबका बिच मुसीकोट लघुजलबिद्युत उपभोक्ता समिति मुसीकोटको कार्यालय भबनको उद्घाटन गरिएको छ । ब्यानर खोलेर भबनको उद्घाटन पश्चात कार्यक्रमका प्रमुख अतिथि परोपकार बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी सदस्य तथा रेडियो पुष्पाञ्जलीका अध्यक्ष सुदर्शन शाक्यले मुसीकोटले ऐतिहासिक कार्यको सुरुआत गरेको भन्दै बिद्युतलाई ब्यबस्थित बनाउनको लागी गरेको स्थानीय बासीको प्रयास सह्रानिय भएको बताउनुभएको थियो । साथै उहाँले एक थान भर्याङ्, कर्मचारी औषधीउपचार, भबन निर्माणमा लागेको लगत आफ्नो सहकारी संस्थाबाट सहयोग पुर्याउने बिश्वास दिलाउनुभएको थियो । कार्यक्रममा सहकारीका सदस्य दिनेश खाती, नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य राम बहादुर कार्की, नेकपा एमालेका मदन घिमिरे, एमाओबादीका ज्ञानीश्वर घिमिरे, राष्ट्रिय जनमोर्चाका ईश्वरी प्रसाद आचार्य, नेकपा माओबादीका सुरेन्द्र नेपाली, समाजसेबी हरि बहादुर कुवर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । समितिका सचिब भागीरथ घिमिरेले आयब्याय प्रस्तुत गर्नुभएको थियो । समितका अध्यक्ष अर्जुन सिह् ठकुरीको अध्यक्षता, उपाध्यक्ष नर बहादुर महतको स्वागत तथा सहसचिब गोपाल नेपालीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गाबिसका उपभोक्ताहरु, समाजसेबी बुद्धिजिबी लगायतको सहभागीता रहेको थियो ।

Post a Comment

 
Top