त्यस क्षेत्रमा जाने एकमात्रै पैदल बाटो
अर्थात मनासलु पदमार्ग भुकम्पपछिको पहिरोका कारण बन्द भएको छ । अहिले ती
गाविस पुग्ने एक मात्रै साधन हेलिकप्टर हो । यसअघि असार दोस्रोहप्ता पोषण
सप्ताह मनाउने क्रममा जिल्ला स्वास्थ्य कार्यालयका अधिकारी सहितको टोली पनि
हेलिहप्टर चढेर ती गाविसमा पुगेका थिए । त्यस क्रममा उनीहरुले सिर्दिवास
गाविसमा कडा कुपोषण भएका बालबालिकाको उपचार केन्द्र समेत स्थापना गरेका थिए
।
तर हेलिकप्टर प्रयोग गरेको विषयमा केही
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अख्तियारले सोधपुछ गरेको
भन्दै बाल स्वास्थ्य महाशाखाले खोप कार्यक्रम स्थगित गर्न भनेको वरिष्ठ
जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले बताउनुभयो । अख्तियारले चासो
देखाउनु जायज भएपनि त्यसैलाई आधार बनाएर खोप कार्यक्रम पर सार्नुपर्ने
अवस्था नरहेको उहाँको भनाई छ । बालस्वास्थ्य महाशाखाले पैदलबाटो खुलेपछि
मात्रै खोप कार्यक्रम सञ्चालन गर्न भनेको अधिकारीले बताउनुभयो । तर यो
पदमार्ग तत्काल खुल्ने सम्भावना नरहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले
जनाएको छ ।
जसका कारण जिल्लाको विकट उत्तरी
क्षेत्रका सिर्दिवास, ल्हो, प्रोक, बिही, छेकम्पार, चुम्चेत र सामागाउँ
गाविसका ३ सय बढी बालबालिका दादुरा रुबेला तथा पोलियोको खोप पाउनबाट बञ्चित
भएका छन् । हिउँद लागेपछि चिसो धेरै बढ्ने भएकाले अब कहिले खोप कार्यक्रम
सञ्चालन हुने भन्ने यकिन नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको ४५ गाविस र २ नगरपालीकामा भने खोप कार्यक्रम सञ्चालन भैसकेको छ ।
Post a Comment