काठमाडौं, असोज २ - संविधानसभा भवनमा आइतबार हुने विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले सम्बोधन नगर्ने हुनुभएको छ । संविधान घोषणा हुने ऐतिहासिक क्षणमा उहाँले सम्बोधन गर्ने अनुमान गरिएपनि त्यस्तो नहुने संविधानसभा सचिवालयले जनाएको छ । 

उहाँले नियमावली अनुसार तोकिएको भाषामा ‘नेपालको संविधान २०७२ जारी भयो’ भनेर घोषणा मात्र गर्नुहुनेछ । 
त्यसअघि उहाँलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण भएको संविधानको प्रति हस्ताक्षरको लागि दिनुहुनेछ । राष्ट्रपतिले हस्ताक्षर गरेर संविधान जारी भयो भनेपछि राष्ट्रपति कार्यालयको छाप लगाइनेछ । 
त्यसपछि संविधानसभा अध्यक्ष नेम्वाङ छोटो धन्यवाद मन्तव्य राखेपछि विशेष समारोहमा उपस्थित सबैजना रात्रीभोजमा सहभागी हुनेछन् । 

Post a Comment

 
Top