कैलाली,  भदौ १८ - तराईका बासिन्दाले बन्दको विकल्प खोज्न र कफ्र्यु हटाउन सम्बन्धित पक्षसँग माग गरेका छन् । लगातारको बन्दले जनजीवन असहज हुँदै गएको र कफ्र्युका कारण घरभित्रै गुम्सनु परेको भन्दै उनीहरुले समस्याको समाधान छिटो खोज्न आग्रह गरेका हुन् ।
कैलालीको टिकापुरमा प्रहरीका उच्च अधिकारीसहितको ज्यान जाने गरी हिँसा भएपछि कैलालीको टिकापुर र धनगढीमा कफ्र्यू लगाइएको छ । यस्तै प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेपछि विरगंज र बाराको केही ठाउँमा पनि कफ्र्यु कायमै छ । कैलालीको टिकापुरमा अहिले भने कप्mर्यू हटाइएको छ । बिहान ७ देखि ११ बजेसम्म कप्mर्यू हटाएपछि बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । हिजो ३ घण्टा हटाइएकोमा आज ४ घण्टा खुकुलो पारिएको हो ।
यस्तै धनगढीमा दिउँसो १२ देखि ४ बजेसम्म कप्mर्यू हटाइएको छ । कप्mर्यू हटेपछि बंैकले पनि बिहानैदेखि सेवा दिएकाले केहि सहज भएको स्थानीयबासिन्दाले बताएका छन् । बाराको कलैया वीरगंज सडकखण्ड र विरगंज पथ्लैया सडकखण्ड आसपासको ५ सय मिटर क्षेत्रमा बेलुकी ८ बजेदेखि बिहान ७ बजेसम्म लगाइएको कप्mर्यू अहिले हटाइएको छ । विरगंजको भन्सार कार्यालय, रजत जयन्ती चोक, बाइपास रोडको ५ सय मिटर पुर्व, उत्तरमा गण्डक र आदर्शनगर क्षेत्रमा अनिश्चितकालिन कफ्र्यू कायमै छ । त्यहाँ हिजो बेलुका ५ बजे देखि ७ बजेसम्म कफ्र्यु हटाइएको थियो ।
बर्दियाको सदरमुकाम गुलरियाका पसलहरु छिटपुट रुपमा खुलेका छन् । त्यहाँ आजपनि बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

Post a Comment

 
Top