काठमाडौ, भदौ २१ - दशैंको लागि टिकट
बुकिङ र गाडीको व्यवस्थापन गर्ने बेला भएकाले छिटो राजनीतिक निकास निकाल्न
यातायात व्यवसायीले सरकारसँग माग गरेका छन् । तराईका जिल्लामा लगातारजसो
भैरहेको बन्द, हड्तालका कारण गाडी चलाउन समस्या भएको र चाडपर्वका लागि गाडी
तयारी अवस्थामा राख्न समेत अन्यौल भएको उनीहरुको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय
महासंघका महासचिव सरोज सिटौलाले निर्वाध रुपमा गाडी चलाउनको लागि सहजीकरण
गर्न सम्बन्धित मन्त्रालयले प्रभावकारी भूमिका ननिभाएको गुनासो गर्नुभयो ।
यातायात मन्त्रालयले समन्वयकारी भूमिका नदेखाउँदा गाडी चलाउन झनै अन्यौल
बढेको महासचिव सिटौलाको भनाई छ ।
पोहोरपरार दशैं आउनु एकडेढ महिना अघिदेखि
नै टिकट बुकिङ र गाडी व्यवस्थापनको तयारी थालिएपनि यसपाली भने अन्योल बढेको
व्यवसायीले बताएका छन् । तराईका बिभिन्न जिल्लामा बन्द हडताल भैरहँदा गाडी
कम चलेका छन् ।
Post a Comment