दाङ, भदौ १८ – दाङको देउखुरी क्षेत्रको बन्द तीन दिनका लागि खुलेको छ ।  थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले आइतबारसम्मका लागि बन्द फिर्ता लिएको हो । समितिले शुक्रबार दिउँसो तीनदेखि आइतबारसम्मका लागि बन्द फिर्ता लिएको हो ।
देउखुरी क्षेत्रमा छोटो दुरीमा चल्ने गाडी चल्न दिएपनि लामो दुरीका भने चल्न नदिने समितिले जनाएको छ । तीनसम्म बिहान ५ बजेदेखि राति ८ बजेसम्म बजार, यातायात, उद्योग, कलकारखाना खोल्न दिने निर्णय भएको समितिले जनाएको छ ।
नेपाल पत्रकार महासंघको टोलीबीच पहिलो चरणको वार्तापछि देउखुरी उद्योग बाणिज्य संघ र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिबीच शुक्रबार लमहीमा भएको छलफलमा अष्टमी पर्वलाई मध्यनजर गर्दै बन्द फिर्ता लिने सहमति भएको हो । गएको साउन २७ गतेदेखि  हँुदै आएको लगातारको बन्दका कारण देउखुरीको जनजीवन कष्टकर भएको थियो ।

Post a Comment

 
Top