काठमाडौं, असोज १ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशंकर काठमाण्डू आए लगत्तै राजनीतिक भेटवार्तामा व्यस्त हुनुहुन्छ । बिहान सवा ९ बजे काठमाण्डू आइपुग्नुभएका उहाँले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास भक्तपुरमा भेटवार्ता गरिरहनुभएको छ । 

त्यसपछि उहाँले भारतीय राजदूतावासमा तराई मधेस केन्द्रित दलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले आजै राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एकीकृत माओावदीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । संविधानसभाले संविधान पारित गरेर पर्सि आइतबार जारी गर्न लागेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीका विशेष दूत जयशंकरले नेपाल भ्रमण गर्नुभएको हो । 

Post a Comment

 
Top