dislike

फेसबुकमा लाइक बटन निक्कै चर्चित छ । मान्छेहरुले मरेको वा कुनै दुःख लाग्दो घटना भएका कुरा पोष्ट गर्दा समेत लाइकको वर्षा हुन्छ ।
तर त्यही फेसबुकमा अनलाइक अर्थात डिसलाइक बटन भने छैन । मानिसहरुले धेरै अघि देखि फेसबुकमा डिलसाइक बटन हुनु पर्ने बताउँदै आएका छन् । अव भने फेसबुकका संस्थापक मालिक मार्क जुकरवर्गले फेसबुक आफ्ना प्रयोगकर्ताको चाहाना अनुसार चल्ने भन्दै डिसलाइक बटन समेत दिने संकेत गरेका छन् ।
उनले फेसबुकमा मानिसहरुको अभिब्यक्ति गर्ने सबै भन्दा उपयुक्त थलो बनिरहेको भन्दै यसलाई अझ परिस्कृत गर्न लागिरहेको पनि उनले बताएका छन् ।
फेसबुकको हेडक्वार्टरमा आयोजित सवाल जवाफ कार्यक्रममा जुकरवर्गले यस्तो बताएका हुन् । मानिसहरुले डिसलाइक बटन यस अघि पनि माग गरिसकेको बताउँदै उनले अव डिसलाइक बटन पनि हुने संकेत गरे ।
- See more at: http://zestkhabar.com/

Post a Comment

 
Top