हरिप्रसाद नेपाली / असोज २ अर्घाखाँची
राष्टिय सरसफाई अभियान भव्य र सानदार रुपमा सफल पारौं, सन्धिखर्क नगरलाई सफा र स्वच्छ राखौं भन्ने मूल नाराका साथ सन्धिखर्कमा सन्धिखर्क नगर क्षेत्रको विशेष सरसफाई आयोजना गरिएको छ ।

अभियान अन्तरगत अहिले विहान सन्धिखर्क बजारमा विशेष सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । सन्धिखर्क नगरपालिकाको विशेष सक्रियतामा सन्धिखर्क वजारक्षेत्रको सम्पूर्ण भागमा सरसफाई गरिने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख रामजी जोशीले जानकारी दिएका छन् । 

सन्धिखर्क शान्ति बँगैचा, चुत्रावेसी बजारको पुरानो बसपार्क र नयाँ बसपार्क एरीयाको नयाँ बसपार्कमै जम्मा भई सरसफाई अभियानमा शुरु भएको छ । कार्यक्रममा स्थानीयवासीहरुको सक्रिय सहभागिता रहेको अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् । 

Post a Comment

 
Top