धर्म निरपेक्षता, तर सनातन देखि आएका धर्मको रक्षा

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपाली जनताले आफैंले संविधान निर्माण गर्न सक्छन् भन्ने प्रमाणित हुँदै गएको बताएका छन्l
‘आज देश र विदेशले नेपालीलाई हेर्दै छ l हामी आँफैले संविधान लेख्न सक्छौं भन्ने प्रमाणित हुँदै छ,’ सिटौलाले भनेl
अब संविधान निर्माणपछि अब कार्यान्वयन गर्ने अर्को जटिलता रहने बताएl आज केही पार्टीहरु प्रक्रियाका कारण एक ठाउँमा उभिएको र केही पार्टी विचारका कारण एक ठाउँमा उभिएको उनले बताएl
उनले प्रचण्डले संविधान निर्माणमा धेरै त्याग गरेको भन्दै उनको प्रशंसा गरेl संविधानसभाको सफलता आम नेपालीको संविधान भएको उनले बताएl
धर्म निरपेक्ष रहनु पर्छ र धर्म निरपेक्षता भएको उनको विचार छl ‘विविधतालाई सम्मान गर्दै धर्म निरपेक्षता राखिएको हो l तर नेपालको सनातन देखि चलीआएको धर्मको रक्षा गर्नु पर्छ भनेर हामीले ब्याख्या गर्‍यौँ,’ उनले भने l
‘हामीले धर्म निरपेक्षता माग्नेलाई पनि भन्नु पर्छ कसैलाई जबर्जस्ति र प्रभोलनमा पारेर धर्म/संस्कृति परिवर्तन गर्न पाँइदैन,’ उनले थपेl          
‘हिन्दुवादीसँग कुरा गर्दा त्यही समर्थन गर्ने र निरपेक्षतावालासँग कुरा गर्दा त्यही समर्थन गर्ने गरियो भने समस्या हुन्छ,’ उनले भनेl
‘संघियता आएको छ, प्रदेश संरचना आएको छ, यसलाई स्वागत गर्नु पर्ने हो l ‘भारतमा संविधान जारी हुँदा १३ वटा बनेका थिए l सबै एकै पटक हुन्छ ?’ उनले प्रश्न गरेl उनले हिंशासामु संविधानसभा नझुक्ने दाबी गरे।
शान्तिपूर्ण रुपमा आफ्नो माग राख्न पाइन्छ l तर, एम्बुलेन्सबाट घाइते प्रहरीलाई निकालेर मार्नु कस्तो हो, उनले भने l   ‘तपाईका आफन्तलाइ गर्दा कस्तो हुन्छ ?’ उनले भनेl
उनले आन्दोलनरत दललाई अझै पनि वार्तामा आउन आव्हान गरे l 
सिटौलाले राष्ट्रपतिले संविधान निर्माण प्रक्रिया रोक्ने कुरा गरेको संचारमाध्यममा आएको तर राष्ट्रपतिबाट यस्तो कुरा ब्यक्त भएको आफूलाई विश्वास नभएको बताए l      
  
“संविधानसभा प्रक्रिया रोक्ने कुरा राष्ट्रपतिले भन्नुभयो भन्ने कुरा प्रेसमा आएको छl तर म विश्वास गर्दिनँ, उहाँले यस्तो कुरा भन्नु भयो भनेरl यो संविधानसभा भन्दामाथि कोही पनि छैन,’ उनले भने, ‘उँहालाई राष्ट्रपति बनाएको यही संविधानसभाले होl’ 

Post a Comment

 
Top