दाङ, भदौ २७ - दाङको देउखुरीमा पानीमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ । सिसहनिया गाबिस वडा नम्बर ७ लठ्ठवाका ४२ वर्षे कृष्ण केसीको शव भेटिएको प्रहरीले जनाएको छ ।

घरदेखि करिब डेढसय मिटर पश्चिम कुलोमा गाउँलेले शव देखेपछि खबर गरेका थिए । शनिबार बेलुकी लमहीमा रहेका आमा र दाजुलाई भेट्नका लागि घरबाट २० हजार रुपैयाँ साथमा लिएर केसी घरबाट निस्किएको परिवारले बताएका छन् ।
मृतक केसीको घाँटी, निधार र आँखामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । केसीको हत्या भएको परिवारले बताएका छन् ।

Post a Comment

 
Top