भदौ १९ – अर्जेन्टिनाका स्टाइकर लियोनल मेस्सी आजीवन बार्सिलोनामा रहने क्लबका प्राविधिक निदेर्शकले बताएका छन् । स्पेनिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीले आफ्नो सम्पूर्ण खेल जीवन बार्सिलोनामै बिताउने क्लबका प्राविधिक निर्देशक रोबर्ट फर्नान्डेजले बताएका हुन् । २८ वर्षका मेस्सी बार्सिलोनामा सबै भन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित भएका छन् । गएको सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा तथा कोपा डेल रेको उपाधि दिलाउन मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए । मेस्सी बिनाको बार्सिलोना कल्पना नै नगरेको र मेस्सीले आफ्नो अन्तिम खेल बार्सिलोनाबाटै खेल्ने प्राविधिक निर्देशक फर्नान्डेजको भनाई छ ।
उनले भने ‘मेस्सीले सँधै भरी फुटबल त खेलिरहन सक्दैनन् तर जती खेल्ने छन् त्यो बार्सिलोनाबाटै खेल्ने छन् । यसका लागि अझै धेरै वर्ष छ ।’ १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेस्सीले सन् २००४ मा डेब्यु गरेका थिए । चार पटकसम्म वर्ष खेलाडीको उपाधि जितेका मेस्सीले बार्सिलोनाको इतिहासमा सबै भन्दा बढी गोल गर्नेमा आफ्नो नाम लेखाएका छन् । मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म तीन सय १७ वटा खेल खेलेका छन् । जसमा उनले २ सय ८६ गोल गरेका छन् । उनले बार्सिलोनालाई अहिलेसम्म सात पटक ला लिगा, तीन पटक कोपा डेल रे तथा चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन भूमिका निभाएका छन् ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top