बर्दिया, भदौ १९ – चितवनदेखि कञ्चनपुरसम्म थरुहट/थारुवान प्रदेशको माग गर्दै आन्दोलनरत थारु संघर्ष समिति र मधेसी मुक्ती मोर्चाले दुई दिनका लागि बर्दियामा मोटरसाइकल चल्न दिने र बजार खुला गर्ने निर्णय गरेको छ ।
हिन्दुहरुको पर्व कृष्ण जन्माष्टमीकोे अवसर पारी शनिबार र आइतबार दुई दिनका लागि बन्द खुकुलो पार्दै मोटरसाईकल र बजार खुला गर्ने निर्णय गरीएको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान चौधरीले जानकारी दिनुभयो ।
थरुहटले आह्वान गरेको बन्दको २६ औं दिन शनिबार बिहानैदेखि सडकमा मोटरसाइकल चल्न थालेका छन् । बजार पनि खुलेका छन् । बजारमा मानिसको चहलपहल बढेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरीया र राजापुरमा लगाएको निषेधाज्ञा भने हटाएको छैन । सोमबारदेखि फेरि मोटरसाइकल र बजार पनि बन्द गरिने  चौधरीले बताउनुभयो ।

Post a Comment

 
Top