काठमाडौं, भदौ १९ – चिकित्सा शिक्षा
सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितका माग गर्दै अनशनमा
बसेका डा. गोबिन्द केसी पक्ष र सरकारी पक्षबीचको वार्ता सकारात्मक भएको छ ।
शुक्रबार राति अबेरसम्म भएको वार्तामा
सरकार माथेमा कार्यदलका धेरै बुँदा कार्यान्वयन गर्न सकारात्मक देखिएको डा.
केसीका तर्फबाट वार्तामा सहभागी डा. जीवन क्षेत्रीले जनाकारी दिनुभयो ।
माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनमा सरकारी पक्ष सकारात्मक भएको तर
अरु मागमा भने कुरा मिल्न सकेको छैन ।
चिकित्सा क्षेत्रका पदाधिकारी नियुक्तीमा
भैरहेको अनियमितता रोक्नुपर्ने तथा काठमाण्डू विश्व विद्यालयको सम्बन्धन
स्थगन गर्नुपर्ने मागमा सरकार सहमत भएको छैन । शुक्रबार रातिको वार्तामा
धेरैजसो कुरा मिलेको र केही मिल्न बाँकी विषयमा शनिबार छलफल गरी टुंगोमा
पुग्ने तयारी भैरहेको डाक्टर क्षेत्रीले बताउनुभयो । छलफल गरेर सहमतिका
बुँदा तयार गरिने उहाँले बताउनुभयो ।
माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वय
हुनुपर्ने सहितका माग राखेर गएको १३ दिनदेखि अनशनमा बस्नुभएका डा. केसीको
स्वास्थ्य अवस्था नाजुक बनेको छ । डा. केसीको समर्थनमा त्रिवि शिक्षण
अस्पतालका आवासीय डाक्टरले ओपिडीको काम बन्द गर्दा उपचार सेवा पनि प्रभावित
भएको छ ।
Post a Comment