भदौ १९ – युरोपियन च्याम्पियनसिप २०१६ को छनौट खेलमा जर्मनीले पोल्याण्डलाई हराएको छ । शुक्रबार रातिभएको खेलमा जर्मनीले पोल्याण्डलाई ३–१ ले हराउँदै समुह डीको शीर्ष स्थानमा उक्लिएको हो । जर्मनीका लागि खेलको १२ औं मिनेटमा थोमस मुलरले गोल गर्दै सुरुवाती अग्रता दिलाए । १९ औं मिनेटमा मारियो गोटेजले अग्रता दोब्बर पारे । ३६ औं मिनेटमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । ८२ औं मिनेटमा गोटेजले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–१ को जित दिलाए । जितसँगै समुह डीको शीर्ष स्थानमा उक्लिएको जर्मनीको सात खेलबाट १६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको पोल्याण्डको समान सात खेलबाट १४ अंक छ । शनिबार राति नै भएका खेलमा रिपब्लिक अफ आयरल्याण्डले जिब्रालटारलाई ४–०, जर्जियाले स्कटल्याण्ड र फिनल्याण्डले ग्रिसलाई समान १–०, नर्दन आयरल्याण्डले फारो आइल्याण्डलाई ३–१ र सर्बियाले अर्मेनियालाई २–० ले हराएको छ । यस्तै रोमानिया र हंगेरी तथा डेनमार्क र अल्बानियाले गोल रहित बराबरी खेलेका छन् ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top