भदौ १६ – गुगलले नयाँ लोगो जारी गरेको छ ।
नयाँ लोगो पुरानो जस्तै रंगिन भएपनि अक्षरको बनावट भने फरक छ । अहिले
डेक्सटप भन्दा मोबाइलमा गुगल चलाउने बढेकाले लोगोमा परिवर्तन गर्न आवश्यक
भएको गुगलले जनाएको छ ।
गुगलले आफ्नो आधिकारिक ब्लगमा
लोगोमा हुने परिवर्तनका बारेमा घोषणा गर्दै नयाँ लोगो व्यवस्थित, सरल र
प्रयोगकर्तामैत्री रहेको र यसले गुगलकोे राम्रो प्रतिनिधित्व गर्ने उल्लेख
गरेको छ । यो परिवर्तनसँगै गुगलको स्वामित्व एल्फाबेट कम्पनीलाई गएको छ । गुगलले
नयाँ लोगो विभिन्न आकारका स्क्रिनका लागि सुहाउँदो रहेको जनाएको छ । नयाँ
लोगोमा निलो, रातो, पहेँलो र हरियो गरी चारवटा रंग र कम्पनीको नामको पहिलो
अक्षर G बहुरंगी हुनेछ । गुगलले धेरै पटक आफ्नो लोगोमा परिवर्तन गरिसकेको छ
। अन्तिमपटक सन् २०१३ को सेप्टेम्बरमा गुगलले आफ्नो लोगो अपडेट गरेको थियो
।
Post a Comment