धनगढी, भदौ २१ -   कैलालीको धनगढीमा झण्डै एक महिनापछि विद्यालय खुलेका छन् । हिजो केही विद्यालय मात्र खुलेकोमा आज सबैजसो विद्यालय खुलेका छन् । धनगढीमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म कफ्र्यू लाग्ने भएकाले प्रभावित क्षेत्रका सबै विद्यालय बिहानी सत्रमा सञ्चालन गरिएको छ ।
धनगढीका बासिन्दाले लगातारको कफ्र्यूले जनजीवनमा असर परेको भन्दै हटाउन माग गरेपनि स्थानिय प्रशासनले तत्काल हटाउन नसक्ने, तर खुकुलो बनाउँदै लगिने जनाएको छ । टिकापुरमा भने आज पनि विद्यालय, कलकारखाना र यातायात ठप्प छन् । हिजो विहान ७ बजेदेखि ११ बजेसम्म कफ्र्यू हटाइएकोमा आज ७ बजेदेखि १० बजेसम्म मात्र कफ्र्यु हटाइएको छ ।
कृष्णजन्माष्टमीको अवसरमा बर्दियामा २ दिन बन्द खुकुलो पारेपछि त्यहाँ हिजो विद्यालय खुलाइएपनि आज फेरि विद्यालय बन्द भएका छन् । विद्यालय बन्द हुँदा विद्यार्थी घर फर्किएका छन् । बर्दियाको सदरमुकाम गुलरिया र राजापुरमा बिहान ११ देखि ६ बजेसम्मको निषेधाज्ञा कायमै छ ।
बाँकेको नेपालगञ्जमा भने अनिश्चितकालिन निषेधाज्ञा लगाइएपनि विद्यालय खुलेका छन् । त्यहाँ सामान्य रुपमा पठनपाठन भैरहेको छ ।
यस्तै पर्साको वीरगंजमा कफ्र्यू कायमै छ ।

Post a Comment

 
Top