काठमाडौं, भदौ २५ - बैंककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १ सय ६६ केजीका साथ तिन राष्ट्रिय किर्तिमान कायम गरिन् । यसअघि चौथो ग्राप्रिक्समा उनले स्नाचमा ६८ र क्लिन एण्ड जर्कमा ९४ सहित कुलमा १ सय ६२ केजीको किर्तिमान राखेकी थिईन् ।
१ सय ५ केजी तौलमा गगन वलीले स्नाचमा १ सय १३ केजी तौल भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखे । यो किर्तिमान मदन शिवभक्तिको नाममा रहेको थियो । शिवभक्तिले आठौं साफमा १ सय १२ केजी तौलको राष्ट्रिय किर्तिमान राखेका थिए । गगनले क्लिनमा १ सय ३७ केजी भार बहन गरे । यसको किर्तिमान मदनको नाममा १ सय ५ केजीको रहेको छ ।
किर्तिमान राख्नेक्रममा पुकार गुरुङ्गले १ सय ५ केजीमाथि स्नाचमा १ सय २३ केजी भारका साथ किर्तिमान राखे । यस विधामा गोपाल बहादुर श्रेष्ठकोनामा १२२ केजी को रेकर्ड रहेको थियो । उनले यो रेकर्ड ईस्लामाबादमा भएको नवौं साफमा राखेका थिए । पुकारले क्लिन एण्ड जर्कमा १ सय ४२ केजी भार वहन गरे ।

Post a Comment

 
Top