काठमाडौं, भदौ २७ – दुई दिनदेखि सुनसरीको इटहरीमा रोकिएका गाडीलाई प्रहरीले सुरक्षा दिएर काठमाडौं ल्याएको छ ।

प्रदर्शन थप चर्किएपछि स्कर्टिङ पनि हुन नसकेर रोकिएका गाडी शनिबार राति काठमाडौं आइपुगेका यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । त्यस्तै काठमाडौंसहित विभिन्न ठाउँबाट पूर्वका लागि छुटेका तीन सय वटा गाडीलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको छ ।

Post a Comment

 
Top