युएई , भदौ २७ - संम्युत्त अरब एमिरेट्स यूएईका विभिन्न कम्पनीले १० हजार एक सय पाँच जना नेपाली कामदारको माग गरेका छन् । युएईका विभिन्न कम्पनीले दुई महिनाको अबधीमा १० हजार एक सय पाँच जना नेपाली कामदारको मागपत्र दूतावास मार्फत प्रमाणिकरण गरेका हुन् ।

सरकारले युएईसँगै खाडीका ६ वटा देशमा निशुल्क टिकट र भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम लागु गरेपछि कामदारको माग घट्ने भन्दै चिन्ता गरिएको थियो । तर यो नियम लागु भएपछि पनि नेपाली कामदारको मागमा खासै कमी नभएको दूतावासले जनाएको छ ।
गएको दुई महिनामा दूतावास मार्फत प्रमाणिकरण भएका मागपत्रमा २ सय २४ जना घरेलु कामदारको संख्या छ । त्यस्तै सगंठित कम्पनीका लागि व्यत्तिगत र समुहगत मागपत्र मार्फत ९ हजार ८ सय ८१ जना नेपाली कामदारको माग भएको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । युएई दूतावासले व्यत्तिगत रुपमा २ स ६७ जना कामदारको माग प्रमाणीकरण गरेको छ भने समुहगत रुपमा ९ हजार ५ सय ५० जना कामदार माग स्वीकृत गरेको दूतावासले जनाएको छ ।  
यो बाहेक कतिपय संगठित कम्पनीले यहाँको च्याम्बरअफ कमर्स मार्फत कामदार मागपत्र प्रमाणिकरण गरेर सिधै नेपालका म्यानपावर एजेन्सीलाई दिने भएकाले युएईमा नेपाली कामदारको माग नघटेको युएईका लागि नेपाली श्रम सहचारी हिरा कुमारी यादवले जानकारी दिनुभयो । घरेलु कामदारको रुपमा कामदार ल्याउँदा दूतावास मार्फत अनिवार्य प्रमाणीकरण आवश्यक भएकाले घरेलु कामदारको संख्या बाहेक अन्य कामदारको माग अझ धेरै हुन सक्ने श्रमसहचारी यादवको भनाई छ । 
'कुनै कामदार युएई आउनु पहिले नेपालमा स्वास्थ्य परीक्षण गर्नुपर्ने र फेरि यहाँ आएर पनि 'मेडिकल पास' भएपछि मात्र पास्पोर्टमा भिसा लाग्ने भएकाले कतिपय अवस्थामा लागत खर्च बढ्नसक्ने भएकाले कामदारलाई समस्या पर्न सक्छ, कामदार मेडिकल 'अनफिट' भएर नेपाल फर्किनु पर्ने अवस्थामा कम्पनी जिम्मेवार नहुने र लागत खर्च नलिएको भनेर म्यानपावर व्यवसायी तर्किन सक्ने सम्भावना पनि हुन्छ' युएईका लागि नेपाली राजदूत धनन्जय झाले भन्नुभयो।
न्युनतम लागत खर्चबारे सरकारले दूतावाससँग सल्लाह र समन्वयब नगरी लागु गरेकोले कतिपय अवस्थामा समस्या देखिएको राजदूत झाको भनाई छ । गएको असार २१ गते नेपाल सरकारले युएईसँगै खाडीका ६ वटा देशमा निशुल्क टिकट र निशुल्क भिषाको व्यवस्था भएका कम्पनीमा मात्रै कामदार पठाउने नियम कार्यान्वयन गरेको थियो ।

Post a Comment

 
Top