पर्वत , भदौ ३१ - जलयात्राको आकर्षक गन्तव्य मानिने कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएको छ । पानी पर्न रोकिएकाले हिजोदेखि र्याफटिङ्ग शुरु भएको हो । साधारणतया सेप्टेम्बरको तेस्रो हप्तादेखि कालीगण्डकीमा जलयात्रा शुरु हुने गर्दछ ।

भूकम्पपछि कम पर्यटक आएपनि कालीगण्डकीमा र्याफटिङ्ग सुरु भएपछि पर्यटक आउन थालेका छन् । र्याफटिङ्गको लागि पर्यटकले धमाधम बुकिङ्ग सुरु गरेका र्याफटिङ्ग कम्पनीहरुले जनाएका छन ।

Post a Comment

 
Top