बुटवल, भदौ ३१ –  रुपन्देहीको बेथरीमा भएको झडपमा घाइते एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । भैरहवा मेडिकल कलेजमा उपचाररत हाटी बनगाई १ की ५० बर्षिय सौगाती मुराउको ज्यान गएको हो ।

तरकारी बेच्न बेथरीको हाटबजारमा बसेकी मुराउलाई प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा प्रहरीको गोली लागेको थियो । अस्ति मंगलबार झडप हुँदा ४ बर्षिय नाबालक चन्दन पटेलसहित ४ जनाको ज्यान गएको थियो ।

Post a Comment

 
Top