खोटाङ, असोज ३ – खोटाङको धितुङका दलित परिवारले चन्दा उठाएर सडक निर्माण गरेका छन् । हलेसी–धितुङ–रेग्मीटार सडकखण्डमा पर्ने धितुङ–३ का २१ घर दलित परिवारले चन्दा उठाएर डेढ किलोमिटर सडक निर्माण गरेका हुन् ।

एक्स्काभेटरको प्रयोग गरी एक लाख ८० हजार रुपैयाँमा सडक निर्माण गरिएको हो । सडक निर्माणका लागि वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका आफन्तले सहयोग गरेका उपभोक्ता समितिका अध्यक्ष दर्जिमान परियारले बताउनुभयो ।

Post a Comment

 
Top