काठमाडौं, असोज ३ – बर्दियामा गएको भदौ ८ गतेदेखि लगाइएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ । स्थिती सामान्य बन्दै गएकाले निषेधाज्ञा हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।

आइतबार बेलुका संविधान जारी हुन लागेको र सीमाकंनको विषयमा केही चित्त नबुझेपनि अरु विषयमा सहमति भएको भन्दै स्थानीय बासिन्दाले शनिबार बेलुका दीप प्रज्वलन गरेका थिए । कैलालीको धनगढीमा भने साढे दुई घण्टा कर्फ्यु बढाइएको छ ।
लगातारको बन्द र कर्फ्युले जनजीवन निकै कष्टकर बनेपछि स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै लगेकोमा आइतबार सुरक्षा चुनौती थपिन सक्ने भन्दै साढे दुई घण्टा कर्फ्यु बढाएको हो । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म लाग्ने गरेको कर्फ्यु बिहान ११ बजेदेखि दिउँसो साढे ४ सम्म लगाउने तयारी भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।
टिकापुरमा अरु दिन जस्तै बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु हटाइएको छ । यसअघि बिहान र बेलुकी कर्फ्यु खुकुलो पारिएको वीरगञ्जमा आइतबार कर्फ्यु नहटाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।

Post a Comment

 
Top