कञ्चनपुर, असोज ३ – थारु समुदायको आइतबारी पर्व आज धुमधामले मनाउँदैछन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबार मनाइने आइतबारी पर्वमा थारु समुदायका पुरुष ब्रत बस्ने गर्छन् ।

दङ्गीशरण राजाको शासनमा बाह्य शक्तिले आक्रमण गर्दा पाँच पाण्डवले बचाएको भन्ने किबदन्तीका आधारमा थारु राज्य जोगाउन महत्वपूर्ण भूमिका खेलेका भीमको पूजा गर्दै आइतबारी पर्व मनाउन थालिएको हो ।
आइतबारी पर्वमा थारु समुदायका पुरुषले ब्रत बस्ने अघिल्लो दिन दरखाने चलन छ । यो पर्वमा प्रसादका रुपमा पकाइएका विभिन्न परिकार, फलफूललगायत भोलिपल्ट चेलीबेटीका घर घरमा पुर्‍याउने गरिन्छ । यसरी पुर्‍याइने परिकारलाई अग्रासन भनिन्छ ।

Post a Comment

 
Top