नवलपरासी, असार २२ – नवलपरासीको बर्दघाटका एक जना गाँजा व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । गाँजा व्यापारी बर्दघाट–११ विजयपुरका ६२ वर्षका केशवराज चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
चौधरीलाई ४७ पोका गाँजा सहित पक्राउ गरिएको प्रहरी निरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । किराना पसल गर्दै आएका चौधरीले गाँजाको खुद्रा व्यापारीको रुपमा कारोवार गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीमाथि केही दिन अगाडिदेखि निगरानी गर्दै आएको थियो ।
प्रहरीले उनलाई झण्डै १० ग्रामको दरका ४७ पोका गाँजा सहित मंगलबार पक्राउ गरेको हो ।पक्राउ परेका चौधरीका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक मैनालीले बताउनुभयो ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top