prakashmanकाठमाडौँ, असार २३ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुरुपकै संविधान निर्माण हुने बताएका छन् ।
काठमाडौँ महानगरपालिका–३४ वडाले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै सिंहले संविधानको प्रारम्भिक मस्यौदा आइसकेकाले जनताको राय सुझाव लिएर अन्तिम रुप दिने बताए ।
उनले भने, “केही दिनमै प्रारम्भिक मस्यौदा जनतामाझ आउँछ, तपाइँहरुले त्यसमा आफ्नो राय सुझाव दिन सक्नुहुनेछ ।” उनले जनताबाट आएको सुझावलाई समेटेर संशोधन गरिने विश्वास दिलाए ।
मन्त्री सिंहले लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा चाहिँ कुनै सम्झौता नहुने पनि प्रस्ट पारे ।
काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले संविधानमा ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताए ।
साभार : रातो पाटी
सो अवसरमा ३४ वडाका शारीरिक रुपमा अशक्त भएका ८८ वर्ष माथिका ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top