काठमाडौँ, २३ असार । बसको ठक्करबाट राजधानीमा एक बालकको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अुनसार गोकर्णेश्वर नगरपालिका-१३ जोरपाटी ओरालोमा बा.१ ख ३३१० नम्वरको बसले मंगलबार सोही ठाउँ डेरा गरी बस्ने सर्लाही घारीबनथान-६ घर भएका चक्र बहादुर पाख्रिनको ३ बर्षीय छोरा सन्तोष पाख्रिनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बालकको शंखरापुर अस्पताल नारायणटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साभार : दैनिक नेपाल

Post a Comment

 
Top