काठमाडौं, असार २२ – संविधानससभाले संविधानको पहिलो एकीकृत मस्यौदा सैद्धान्तिक रुपमा आज स्वीकृत गर्दैछ । संविधानसभा सचिवालयका अनुसार छलफलमा भाग लिन नाम टिपाएका मध्ये १०७ सभासदले बोल्न बाँकी छ ।

ती सभासदले बोल्ने क्रम सकिएपछि मस्यौदालाई सैद्धान्तिक रुपमा स्वीकृत गरी राय सुझावका लागि नागरिक माझ लगिनेछ । संविधानसभामा मस्यौदामाथिको छलफल जारी रहेपनि मधेस केन्द्रीत चार दलले भने संविधानसभा बैठक बहिस्कार गर्दै आएका छन् ।
संविधानमा रायसुझावका लागि १५ दिनको समय दिने सचिवालयको तयारी छ । जिल्ला सदरमुकामसहित प्रत्येक निर्वाचन क्षेत्रमा एकै दिन एकएक कार्यक्रम गरेर सुझाव संकलन गरिनेछ भने सार्वसाधारणले हुलाक र विद्युतिय माध्यमबाट पनि राय सुझाव दिन सक्नेछन् ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top