काठमाडौं– संविधानसभा बैठक चलिरहँदा रौतहटको गौरको अवस्था तनावग्रस्त बनेको छ । 

आन्दोलनकारीले जारी कर्फ्यू तोडेर अघि बढ्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा कोलवा ७ शेख महरुदिन, लालबाबु पट्टेल र गौर ५ पीपरियाका प्रेम शहनी रहेका छन् ।
शेखको ढाड र लाबबाबुको अण्डकोषमा गाली लागेको छ भने उनीहरुको अवस्था गम्भीर रहेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । प्रेमको खुट्टा खोली लागेको पीपरियाकै स्थानीय अस्पतालमा उपचारको लागि गएको आन्दोलनकारीहरुले बताएका छन् ।
आन्दोलनकारी प्रहरीलाई ढुंगामुढा गर्दै अघि बढ्ने प्रयास गरेपछि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास गोली प्रहार गरेको थियो ।
यस्तै आन्दोलनकारी तर्फबाट पनि केहि राउण्ड फायर भएको सहकर्मी सञ्जय मिश्राले जनाएका छन् ।
गौरस्थित कबीरचोकमा भएको दुई पक्षीय झडप अहिले केहि साम्य भएपनि अवस्था तनावग्रस्त नै रहेको छ ।
स्थानिय प्रशासनले रौतहटको सदरमुकाम गौर नगरक्षेत्रमा अनिश्चितकालिन कर्फयु जारी गरेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्धारा आज दिउसो १२ बजे देखी गौरमा प्रदर्शन गर्ने पुर्व सुचनाको आधारमा बिहान ११ बजे प्रहरीले माइकिंग गरेर कर्फयु लागेको सुचना गरेको थियो ।
सिडिओ मदन भुजेलका अनुसार उतरमा बरहवा पुल,दक्षिणमा भन्सार कार्यालय,पश्चिम टिकुलिया गाँउ र पुर्वमा बरहवा खोला सम्म अर्को आदेश नहुन जेलको लागी कर्फयु जारी गरीएको हो ।
gaur ko batoma  (4)gaur ko batoma  (3)gaur ko batoma  (2)gaur ko batoma  (1)
- See more at: http://www.ratopati.com/news/3198/#sthash.cpKWlmMX.dpuf

Post a Comment

 
Top