उदयपुर, भदौ २७ - बन्दको मौका पारेर उदयपुरमा लागु औषधको कारोवार गर्ने समूह सक्रिय भएका छन् । तराईमा मोटरसाइकल चलाउन खुल्ला भएकाले लागूऔषध कारोवार गर्नेले मोटरसाइकलमार्फत लागूऔषध ल्याउने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कारोवार गर्नेहरुको संख्या बढ्दै गर्दा त्रियुगा नगरपालिका–११ स्थित प्रहरीचौकी लालपत्ताले  मोटरसाइकलमा लागूऔषध ल्याउदै गरेका दुई जनालाई पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१ का सन्तोष मगर र नितेश बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
प्रहरीले अबैध लागु औषध लुपिजेसिक २० सिसी, डाईजेल्याप २० सिसी, लेवल नभएको लागूऔषध २० सिसी बा ६८ प ३६४४ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गर्दा मगर र बस्नेतलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो । 
पक्राउ परेकाहरुले सिराहा जिल्लाको सिमा जोडिएको भारतको लौकाहाठाँडीबाट खरिद गरि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिएसपी गुरुङ्गका अनुसार बन्दको बेला प्रहरी चेक जाँच कम हुने भएकाले सिमावर्ती भारतिय बजारहरुबाट लागूऔषध तस्करी हुने गरेको छ । पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । 

Post a Comment

 
Top