यूएई,
भदौ २४ - अर्घाखाँचीका पश्चिमी गाविसमा चितुवाको आक्रमण बढेपछि यूएईमा
रहेका अर्घाखाँचीबासीलाई चिन्ता बढेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका
तथा नुवाकोट , धनचोर किमडाँडा र कुर गाविसमा चितुवाले दिनहुँ मान्छेमाथि
आक्रमण गर्न थालेपछि परदेशमा रहेका नेपालीलाई चिन्ता बढेको हो ।
चितुवाले बालबालिकाहरुलाई आक्रमण गरेको र
अहिलेसम्म ४ जनाको ज्यान गईसकेको र कतिपय गम्भिर घाईते भएको भन्दै चितुवा
आतंक रोक्न अर्घाखाँची सम्पर्क समिति यूएईले जिल्ला प्रशाशन समक्ष
ज्ञापनपत्र समेत बुझाएको छ ।
चितुवाको आक्रमणबाट प्रभावित परिवारका
यूएईमा कार्यरत सदस्यले आफ्ना बालबालिकाको सुरक्षाको प्रत्याभूती सरकारले
दिनुपर्ने माग समेत गरेका छन ।
वन्यजन्तु तथा लोपोन्मुख जनावरहरुको
संरक्षण गर्नु जिम्मेवारी भएपनि चितुवाले मान्छे आक्रमण गर्दै आतकं
मच्चाएकाले मानिसको बाँच्न पाउने अधिकारको रक्षा गर्न जिल्ला वन
कार्यालय,नेपाल प्रहरी कार्यालयलाई समेत बोधार्थ गरी जिल्ला प्रशासन
अर्घाखाँची समक्ष बुधवार ज्ञापनपत्र बुझाएको छ ।
बर्षायामको समयमा खेतबारीमा मकैका बोट तथा
घर वरपर झाडी बढेकाले चितुवा लुक्न सक्ने र आक्रमण बढ्ने गरेकाले सबैलाई
सचेत रहन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

Post a Comment