असोज १ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका महासचिव निलम्बित भएका छन् । उनलाई अर्को आदेश नभएसम्मका लागि निलम्बन गरिएको फिफाले जनाएको छ । ५४ वर्षिय महासचिव जेरोमी भाल्कलाई विश्वकपको टिकट तोकिए भन्दा बढी शुल्कमा बेचेको आरोप लागेको छ ।

सन् २००७ सालदेखि फिफा महसचिव रहेका उनले यो आरोपको भने खण्डन गरेका छन् । भ्रष्टाचार गरेको आरोपमा उनी विरुद्ध अनुसन्धान भैरहेको थियो । फिफाको अध्यक्षमा उम्मेदवार बन्ने  तयारी गरिरहेका उनलाई यो आरोपले समस्यामा पारिदिएको छ । आरोपपछि अब उनीले आचारसंहिता जाँचको सामना गर्नुपर्ने हुन्छ । भ्रष्टाचारका कारण फिफाको शाख लगातार खस्कँदै गएको छ ।
यसअघि पनि भ्रष्टाचार ओरोपमा फिफाका केहि पदाधिकारीलाई प्रहरीले पक्रेको थियो भने फिफाका अध्यक्ष सेप ब्लाटरले पनि पदबाट राजिनामा दिएका थिए ।

Post a Comment

 
Top