काठमाडौं, भदौ २६ - दोश्रो वरियताका रोजर फेडेरर युएस ओपन टेनिसको पुरुषतर्फको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको फाइनलमा आफ्नै देश स्वीट्जरल्याण्डका स्टन वारियन्कालाई ६–४, ६–३ र ६–१ ले हराउँदै फेडेररले नोभाक जोकोभिचसँगको 
फाइनल पक्का गरेका हुन् । फेडेरर ६ वर्षपछि युएस ओपन टेनिसको फाइनलमा पुगेका हुन् । १७ पटक ग्राण्ड स्लाम जितेका फेडेररले जोकोभिचसँगको फाइनल भिडन्तका लागि आफू तयार रहेको बताए । फेडेरर र जोकोभिचबीच अहिलेसम्म विभिन्न प्रतियोगितामा ४१ पटक भेट भएको छ । जसमध्ये २१ खेलमा फेडेरर विजयी भएका छन् भने २० खेल जोकोभिचले जितेका छन् । कुनै पनि ग्राण्डस्लामको फाइनलमा भने यी २ चौथो पटक आमने सामने हुन लागेका हुन् । पछिल्ला २ वटा विम्बल्डनमा जोकोभिच विजयी भए । सन् २००७ को युएस ओपन भने फेडेररले विजयी भएका थिए ।

Post a Comment

 
Top