काठमाडौं, भदौ २६ - मुख्य तीन दलले दुई दिनको लागि संविधान निर्माण प्रक्रिया स्थगित गरेपनि आन्दोलनरत मधेसी दल अझै वार्ताको लागि तयार भएका छैनन् । उनीहरुले एकै स्वरमा तीन दलको निर्णय नौटंकी भएको प्रतिक्रिया दिएका छन् । 
‘यो सबै नौटंकी मात्र हो’ तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘शुक्रबार पनि बेलुकासम्म संविधानसभा बैठक बस्यो, फेरि आइतबार पनि बोलाइएको छ, शनिबार एकदिन बिदाको दिन बैठक नराख्दैमा यसलाई कसरी प्रक्रिया स्थगित गरेको भन्ने ?’ मुख्य तीनदल वार्ताको लागि अझै गम्भीर नभएको उहाँको आरोप छ ।
‘शनिबारको दिन नुवाईधुवाई गर्नको लागि मात्र उनीहरुले छुट्टि लिएका हुन्’ त्रिपाठीले भन्नुभयो । वार्ताको वातावरण बनाउन विगतका सम्झौता कार्यान्वयन र बिभिन्न जिल्लामा परिचालित सेना फिर्ता गर्नुपर्ने उहाँको भनाई छ ।

Post a Comment

 
Top