रौतहट, भदौ २६ - तीर्थ यात्राको लागि भारतको झारखण्ड पुगेका दुई नेपालीको ज्यान गएको छ । भारतको विहार राज्यस्थित जमै शहरको राजमार्गमा गुडिरहेको गाडी ब्रेकरमा पर्दा छतमा सुतेका रौतहट भसेडवा २ का २१ वर्षका सरोज शाह र कटहरिया गाविस वडा नम्बर ७ का प्रेम शाह लडेर घाइते भएका थिए ।
उनीहरुको भारतकै अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जैसवारले जानकारी दिनुभयो । दुर्घटनापछि बीच बाटो मै बस छाडेर भागेका चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । ना ४ ख ६३९० नम्बरको डिलक्स बस रिजर्भ गरेर उनीहरु तिर्थयात्रामा निस्किएका थिए ।

Post a Comment

 
Top