काठमाडौं, भदौ २२ – राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर नमुना महिला विद्यालय नयाँबजार काठमाडौंले प्रभातफेरी गरेको छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने नारासहित स्थापित नमुना महिला विद्यालयले सामुदायिक अध्ययन केन्द्र नयाँ बजार, अक्सफोर्ड उच्च मावि लगायत संघसस्थाको सहयोगमा प्रभातफेरी गरेको हो ।
प्रभातफेरीमा शिक्षित नारी हाम्रो चिनारी, शिक्षा नै जीवनको ज्वती हो जस्ता नारासहितको प्ले कार्ड बोकेका झण्डै दुई सय विद्यार्थी र शिक्षक सहभागी भएका थिए । विद्यालयकी प्रधानाध्यापक कौशिला रिसालले विभिन्न कारणले समयमा नै विद्यालय जान नपाएका महिलालाई विद्यालय आउन आग्रह गर्न प्रभातफेरी निकालेको बताउनुभयो ।

Post a Comment

 
Top