घनश्याम पौडेल
धातिवाङ्ग, भदौ ३१
अर्घाखाँची जिल्ला धातिवाङ्ग गाविस वडा नं. ७ बोखरमा पत्येक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा भव्य मेला लागेको थियो । रातो सारी र गहनाले झपक्कै भएर पुगेका महिलाहरु नाचगानमा दिनभर  रमाइरहेका थिए, भने रहरको लागी महिलाहरु पिङ पनि खेल्ने गरेका थिए गाउँमा युवाहरु नहुदा समेत पिङ वाटिएको थियो तिजका गित भन्दा पनि पिङको रौनक पनि उत्तिकै रहेको थियो ।  विवाहित महिलाहरु पतिको दिर्घायूका लागि तथा अविवाहित युवतीहरु शिवजस्तै पति पाउँ भनी तीजको दिन व्रत बस्ने गर्छन् ।

  प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ ।
  तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ ।

धातिवाङ्गमा भएको तिजगित तस्विर : घनश्याम पौडेल







 

Post a Comment

 
Top