काठमाडौं, भदौ २४ – राष्ट्रपति डा. रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बिहीबार बिहान भएको भेटमा संविधान निर्माण प्रक्रिया र आन्दोलनरत पक्षलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन भैरहेको पहलबारे कुराकानी भएको थियो ।
राष्ट्रपतिले आफू छिटो संविधान बनेको हेर्न चाहेकोले बाहिर आएका हल्ला नसुन्न आग्रह गर्नुभएको थियो । उहाँले आन्दोलनरत दललाई संविधानसभाको प्रक्रियामा सहभागी गराउन पनि आग्रह गर्नुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
जवाफमा प्रचण्डले आन्दोलनरत दललाई वार्ताको लागि आह्वान गरिएको र छिटै सहमति जुटाएर संविधान बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Post a Comment

 
Top