काठमाडौं, भदौ २४ - संविधान निर्माणको प्रक्रिया छाडेका दलहरुलाई सहमतिमा ल्याउने पहल स्वरुप मुख्य तीन दलले बिहीबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन दलका शीर्ष नेताहरुले संविधान निर्माण प्रक्रिया नछाड्न आग्रह गरेका थिए । जवाफमा थापाले आफुहरुलाई निषेध गरी संविधान निर्माण प्रक्रिया अघि बढाइएकाले साक्षी बस्न मात्र नचाहेको प्रतिक्रिया दिनुभएको थियो ।
‘मैले पार्टीको तर्फबाट कुरा राखें, उहाँहरु गम्भीर हुनुहुन्छ’ छलफलपछि पत्रकारसँग थापाले भन्नुभयो, ‘अब हामी पार्टीभित्र बसेर छलफल गर्छौं ।’

Post a Comment

 
Top