पोर्न भिडियो’ नेपाली समाजमा वर्जित छ । यो हाम्रो समाजको लागि अप्रिय र अस्वीकृत बिषय हो । नजिकैको छिमेकी देश भारतमा पोर्न साइटमाथि नै प्रतिबन्ध छ । खुला भनिएका पश्चिमा देशमा पनि यो सहज विषय होइन । यदि नेपालमा कसैले ‘पोर्न भिडियो’मा खेल्ने कुरा गर्छ भने त्यो अचम्मको बिषय हो । यस्तै, अचम्मकी पात्र बनेकी छिन्, कञ्चनपुर महेन्द्रनगरकी अर्चना पनेरु ।
१७ वर्षीया अर्चनाले कानुन र समाजले वर्जित गरेको क्षेत्रको ‘स्टार’ बन्ने घोषणा गरेसँगै उनको आलोचना सुरु भएको छ । नांगा तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि एकाएक चर्चामा आएकी अर्चनाले ‘पोर्नस्टार’ बन्ने लक्ष्यको साथ तस्बिर सार्वजनिक गरेको प्रतिक्रिया दिएकी छिन् ।
शुक्रबार साँझ नयाँ पेजसँगको कुराकानीमा ‘पोर्नस्टार’ बनेरै छोड्ने प्रतिज्ञा गरिन् । भनिन्, ‘पोर्नस्टार’ बन्ने मेरो ‘एम’ हो, मेरो खुसी र भविष्य पनि त्यही छ, बनेरै छोड्छु ।’ उनका तस्बिर सार्वजनिक भएपछि कसैको लहैलहैमा लागेको अनुमान पनि भयो । तर, उनले थुप्रै तर्कका साथ ‘पोर्नस्टार’ बन्ने कुरा सुनाइन् । बढो परिपक्व शैलीमा कुरा गरिन् । प्रस्तुत छ, अर्चनासँगको कुराकानी :-
१. तपाईं कति बर्ष पुग्नुुभयो, कति कक्षामा पढ्नु हुन्छ ?
– म १७ बर्ष पुगेँ । दस कक्षामा पढ्छु ।
२. यति सानै उमेरमा फेसबुक पेजमा तस्बिर पोष्ट गरेर चर्चामा आउनुुभयो, यसरी ‘चर्चित’ हुदा कस्तो हुदोरहेछ ?
– धेरै राम्रो ‘फिल’ भइरहेको छ ।
३. भनेपछि खुसी हुनुहुन्छ ?
– हजुर, धेरैँ खुसी छु ।
४. नराम्रो चर्चा भयो, बदनाम भए जस्तो लाग्दैन ?
– मेरो ‘आइज’बाट त त्यस्तो लाग्दैन । तर, नेपाली समाजको ‘आइज’बाट त्यस्तो भयो ।
५ तपाईंका जति तस्बिर बाहिर आएका छन् यी सबै तस्बिर कसले खिचिदिएको हो ?
– यो मेरो मम्मीले । मेरो मम्मीले ‘फोटोग्राफी’ गर्नुहुन्छ ।
६. अनि बुवाले चाहिँ के भन्नुहुन्छ ?
– ‘ड्याडी’को पनि ‘फुल्ली सपोर्ट’ छ ।
७ नेपालमा यस्तो काम गर्नु हुदैँन भन्ने थाहा थिएन ?
– मेरो विचारमा नराम्रो काम गर्नु मात्रै गलत हो । मलाई त यो ठिक लाग्छ । तर, नेपालमा यस्तो रहेछ,  थाहा पाएँ ।
८. तपार्इं पनि यही समाजको सदस्य हुनुहुन्छ, समाजलाई नपच्ने काम गरेर बदनाम हुनु त राम्रो होइन नि ?
– मैले समाजको लागि भन्दा पनि आफ्नो लागि गर्ने हो । समाजको लागि ठूलो ‘इस्यु’ हुनसक्छ । मेरो लागि यो एकदमै ‘सिम्पल’ कुरा हो । यो मेरो ‘एम’ हो ।
९. ‘पोर्नस्टार’ बन्ने सपना देख्न थालेको कतिभयो ?
– ५-६ महिना भयो ।
१०. ‘पोर्नस्टार’ बन्ने उत्प्रेरणा कहाँबाट पाउनुुभयो ?
– पहिले त यस्तो सपना देखेकी थिइन । हिरोइन बन्ने सपना थियो । जब मैले सन्नी लियोनीको पोजहरु, फोटो सेसनहरु हेरेँ त्यसपछि सन्नी लियोनीबाटै ‘इन्स्पायर’ भएकी हुँ ।
११. भनेपछि सन्नी लियोनीको पोर्न ‘मुभी’ धेरै हेर्नुभयो ?
– फोटो सेसन र पोजहरु मात्रै हेरेकी छु ।
१२. भिडियो नै नहेरी कसरी ‘पोर्नस्टार’ बन्ने सपना देख्नुुभयो त ?
– मैले भनेको ‘न्याकेटमुभी’ मात्रै हो । त्यस्तो सेक्स भिडियो गर्ने भनेको त होइन ।
१३ . अनि तपाईलाई यही कारणले प्रहरीले पक्रेर लगेछ, के भन्यो प्रहरीले ?
– प्रहरीले हल्का सोधपुछ मात्रै गरेको गर्यो । नेपाली समाजमा यस्तो चल्दैन । अब देखी यस्तो नगर्नुहोला भनेको छ ।
१४. अनि प्रहरीले के भनेर छोड्यो त ?
– यस्ता फोटोहरु अपलोड नगर्ने शर्तमा छोड्यो ।
१३. भनेपछि अब त्यस्तो गर्नुहुन्न ?
– फेसबुकमा चहिँ गर्दिन ।
१४ अनि तपाई पढ्ने स्कुलले पनि तपाईंलाई ‘रेस्टिकेट’ गरेछ नि, नराम्रो लागेन ?
– मेरो ‘एम’को लागि जे पनि छोड्न तयार छु । मैले आफैँ स्वीकार गरेकी हुँ । जे पनि गर्नुहुन्छ । उनीहरुले जे गरे पनि मेरो ‘एम’ छोड्दिन ।
१५. अनि अब नपढ्ने ?
– अब म स्कुल ‘चेन्ज’ गरेर पढ्छुु ।
१६. यो थाहा पाएपछि फेरि अर्को स्कुलले पनि लिदैन होला नि ?
-अब महेन्द्रनगरमा हुदैँन । म केटिएम(काठमाडौं) आएर पढ्छुु । अर्को बर्षदेखी ।
१७. तपाई जहाँबाट ‘रेस्टिकेट’ हुनुभयो, साथीभाइ र सरले के भन्नुभयो त ?
– मेरो कुरा नै भएको छैन ।
१८. अनि स्कुल बाहिरका मान्छेले चाहिँ के भन्छन् त ?
– कोही ‘सपोर्ट’मा हुनुहुन्छ । कोही विरोधमा ।
१९. प्रहरीले अब यस्ता तस्बिर ‘अपलोड’ नगर्नु भनेको रहेछ, अब त नगर्ने होला नि ?
– अब यस्तो ‘पिक्चर’ अपलोड गर्दिन । ‘क्लिक’ गरेर आफ्नो मोबाइलमा राख्छु । ‘पोर्न मुभी’को लागि अफर आएपछि काम गर्छु ।
२० नेपालमा बनाउन पाइन्दैँन, अफर आउला र ?
– नेपालमा पनि गरिरहेको छ नी । कतिपय हिरोइनले पनि बिकिनी लगाएर अंग प्रर्दशन गरेका छन् ।
२२ . अनि ‘पोर्न मुभी’मा काम गरे बापत कति लिने योजना छ ?
सबैभन्दा पहिले त पैसाको बारेमा डाइरेक्टरसँग डिस्कसन गर्छु । सकेसम्म ‘हाई’ लिन्छुु । त्यसपछि मुभीको लागि ओके हुन्छ ।
२३.  पोर्नस्टार बन्ने भनेर लागिरहनुु भएको छ, एउटामा खेले बापत यति लिन्छुु भनेर सोच्नुु भएको छैन ?
सोचेकी छु । एउटा पोर्न भुमीको २५ देखी ३० लाखसम्म लिन्छुु । पछि विस्तारै हाइ हुन्छ ।
२४.  सुरुमा त्यतिधेरै पैसा देला र ?
– सुरुमा कम होला । तर, पछि काम गर्दै गएपछि ‘रेट’ हाइ हुन्छ ।
 
२५. समाजमा सम्मानित भएर चर्चित हुने अन्य धेरै क्षेत्रहरु छन्, बदनाम हुने क्षेत्र नै किन रोज्नुु भएको ?
– सानैमा ‘डान्स’ सिकेँ । त्यसपछि, डान्स डान्स । डान्स धेरै गरेँ । डान्स गर्दा गर्दै पछि हिरोइन भन्ने सपना आयो ।
२६ . यही कारणले तपाई पक्राउ पर्नुभयो, स्कुलबाट रेस्टिकेट हुनुुभयो । मान्छेहरु नराम्रो भन्न थाले । अब यो छोडेर अन्य क्षेत्रमा लागेर समाजमा राम्रो गरौँ जस्तो लागेको छैन ?
– समाजको बारेमा भन्दा पहिले म आफ्नो बारेमा सोच्छुु । म आफ्नो ‘एम’ नै पुरा गर्छु ।
२७. पोर्नफिल्म बारे अरु तपाईलाई के थाहा छ, कसरी बन्दोरहेछ, कसले बनाउदो रहेछ ?
– मलाई अरु थाहा छैन । सन्नी लियोनीबाटै थाहा पाएको हो ।
२८. यस्तो क्षेत्रमा लाग्न तपाईको परिवारको अनुमती छ ?
छ,  मेरो परिवारमा मम्मी, बुवा र भाइको सपोर्ट छ ।
२९.  यस्तो क्षेत्रमा लागेर भविष्य बिग्रेला जस्तो लाग्दैन ?
– नाई मलाई त्यस्तो लाग्दैन । यही पोर्नस्टार बन्नु नै मेरो सपना हो । यही मेरो भविष्य हो, यही नै मेरो खुसी हो ।
३०. पछि विहे गर्ने केटो नपाउला जस्तो लाग्दैन ?
– मलाई बिहे नै गर्नु छैन । २२/२३ बर्षमा २ वटा बच्चा ‘एडप्ट’ गर्छु । बिहे गर्ने सोच छैन ।
३१ अहिले लभमा पर्नुभएको छैन ?
– ‘ब्वाइफ्रेन्ड’’ छ एउटा ।
३२. यस्तो नराम्रो क्षेत्रमा लाग्दा ‘ब्याइफ्रेन्ड’ केही भनेको छैन ?
‘ब्वाइफ्रेन्ड’’ले मेरो लाइफमा इन्टरफियर गर्न थोडी न पाउँछ ।
३३. अनि ‘ब्वाइफ्रेन्ड’ चाहिँ महेन्द्रनगरकै की कताको हो नि ?
होइन, अष्ट्रेलियामा छ । यो त अष्ट्रेलियन नै हो ।
३४. अनि त्यति टाढाको मान्छेसँग कसरी लभ पर्यो त ?
– फेसबुकबाट नै परेको हो ।
३५ तपाई चर्चित भएको थाहा छ, उसलाई ?
-थाहा छ, उ एकदमै खुसी छ ।
३६.  उतै अष्ट्रेलिया गएर विहे गर्ने हो ?
– होइन, जस्ट बनाएको मात्रै ।
३७ ‘पोर्नस्टार’ बन्ने सपना लिएर हिड्नुु भएको छ, शारीरिक सम्बन्ध त पक्कै राख्नुु भएको होला है ?
अँह ! नाई त्यस्तो गरेको छैन ।
३८. सेक्सलाई कसरी लिनुुहुन्छ ?
– यो बारेमा चाँहि केही भन्न चाहदिन । मेरो एम न्याकेटमुभि गर्ने मात्रै हो ।
३९. तपाईको सबैभन्दा ठुलो सपना चहिँ के हो त ?
– पोर्नस्टार नै हो ।
४०.  पोर्नस्टार बनेपछि के के हुन्छ जस्तो लाग्छ ?
– पोर्नस्टार बनेपछि मेरो लागि राम्रो हुन्छ ।
४१. सन्नी लियोनी त पोर्न स्टार बनेपछि फिल्म क्षेत्रमा आइन, तपाई चाहिँ सफल पोर्नस्टार बनेपछि के गर्ने त ?
– पोर्नस्टार बनेपछि कमाएको पैसाले म नेपालमा अनाथ आश्रम खोल्नेछुु । जहाँ धेरै अनाथहरु हुनेछन् । उनीहरुले पढेर, आफुनो भविष्य ‘ब्राइट’ बनाउन सफल हुन्छन् । मलाई मेरो देशको धेरै माया छ । देशको लागि काम गर्नेछु ।
४२ . चाडै चर्चामा आएर पैसा कमाउन यस्तो गर्नुभएको हो भनिन्छ नि ?
– मनी र चर्चाको लागि गरेकी होइन । यो मेरो एम हो ।
४३.  अब बढ्न चाहि के पढ्ने नि ?
– एयर होस्टेज पढ्छुु ।
४४. पोनस्टार पनि बन्छुु भन्नुहुन्छ, फेरि एयरहोस्टेज पनि भन्नुहुन्छ ? दुवै सम्भव छ ?
होइन एक वर्ष एयरहोस्टेज गर्छु, अनि फेरि पोर्नमै काम गर्छु ।
४५.लौं हुन्छ है त, केही भन्नुछकी अन्त्यमा ?
– हस्, केही छैन त्यस्तो ।
(स्रोत साभार / अनलाइन :: नयाँ पेज डट कम बाट)

Post a Comment

 
Top